Sagun Khabar
जोशीद्वारा जन्मदिनको अवसरमा विपन्नलाई सहयोग 

बैतडी –निर्माण व्यवसायी तथा युवा संघ नेपाल बैतडीका जिल्ला कमिटि सदस्य भुवन जोसीले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर जोसीले पाटन नगरपालिका वडा न. ६ लोर्खाका ४ विपन्न परिवारलाई राहत सामग्री वितरण गरको हुन् । 

राहत सामग्रीमा चामल, दाल, नुन, तेल, साबुन, चिनि लगायतका सामग्री वितरण गरिएको उनले बताए । राहत पाउनेमा २ परिवारका व्यक्ति मुटु रोगका बिरामी र २ जना एकल महिला रहेका छन् । मजदुरी गरेर दैनिक जिवनयापन गर्दै आएका उनिहरु अहिले कोरोनाको प्रकोपका बेला जारी गरिएको निशेधाज्ञाले समस्यामा परेको भन्दै राहत बितरण गरेको जोसीको भनाई छ । 

Atrya hospital

युवा व्यवसायी जोसी नागार्जुन निर्माण सेवाका सञ्चालक हुन् । उनले बेलाबेलामा विभिन्न अभियानमा सहयोग गर्दै आएका छन् । 

यसैगरी नेकपा एमाले बैतडीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले पाटनस्थित  कालसैनी आधारभुत विद्यालयलाई मास्क बितरण गरेका छन् । पूर्व अर्थराज्य मन्त्रि दामोदर भण्डारीका स्वकीय सचिव समेत रहेका भण्डारीले शिक्षक, कमचारी र विद्यार्थीहरुको प्रयोगका लागि भन्दै १ हजार ५सय बढी मास्क वितरण गरेका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update