Sagun Khabar
बैतडी : नदीमा बगेर बेपत्ता भएकी बालिकाको शव फेला पर्यो 

बैतडी –नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । बैतडीको पाटन नगरपालिका १ सकारकी ११ बर्षीया नितु विकको शव फेला परेको हो ।

पाटन नगरपालिका १ अड्तोला भन्ने स्थानमा सुर्नया नदी किनारमै नितुको शव बिहीबार बिहान ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

Atrya hospital

गएको मंगलबार साथीहरुसंगै नदीमा नुहाउन गएकी नितु बगेर बेपत्ता भएकी थिइन् । घटनास्थलमा अहिले प्रहरीको टोली खटिएको प्रहरी प्रवक्ता खड्काले बताए । 

 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update