
काठमाण्डौं –उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् ।
लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका हुन् ।
अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहेका छन् । यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथ ग्रहणमा अनुपस्थित भएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १२:४०
प्रतिक्रिया दिनुहोस्