Sagun Khabar
सुदूरपश्चिममा बुधबार १०८ जनाले कोरोना जिते, एकजनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार १०८ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १०८ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७८३ जनाको नमूना परीक्षण गर्दा थप ८३ जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार प्रदेशभरी कोरोनाबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरका एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update