Sagun Khabar
सुदूरपश्चिम प्रदेशसभाको बैठक अवरुद्ध 

धनगढी –सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध भएको छ । बुधबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।

सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेसका संसद उभिएर विरोध जनाएका थिए । गैरकानुनी तरिकाले बजेट ल्याईएको कांग्रेसको ठहर छ ।

Atrya hospital

प्रदेश सरकारले बार्षिक बजेट कार्यक्रम ल्याउन प्रदेशसभा सचिवालयमा दर्ता गराएको आर्थिक कार्यविधि ऐन २०७४ लाई संसोधन गर्न बनेको अध्यादेश विपरित बजेट लयाएको कांग्रेसका प्रदेश सभा सदस्य गोविन्द बोहराले बताए ।

आजको बैठक अवरुद्ध भएसँगै अर्को बैठक शुक्रबार २ बजे बोलाईएको छ ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update