Sagun Khabar
बैतडी सहित सुदूरपश्चिमका  तीन डिएसपीको सरुवा 

बैतडी –बैतडी सहित सुदूरपश्चिमका विभिन्न स्थानमा कार्यरत तीनजना प्रहरी नायव उपरीक्षक(डीएसपी) को सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत डिएसपीहरुको सरुवा भएको हो ।

बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय काठमाण्डौंमा सरुवा भएको छ ।

Atrya hospital

यस्तै कञ्चनपुरका डिएसपी अमरबहादुर थापा क्षेत्रीको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा र टीकापुरका डीएसपी मधुसुदन न्यौपानेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ ।

अब बैतडीमा नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल नक्सालमा कार्यरत रमेशबहादुर पाल र टीकापुरमा जिल्ला प्रहरी सिन्धुपाल्चोकमा कार्यरत प्रकाश सापकोटा आउने भएका छन्। कञ्चनपुरमा भने को आउने भनेर तोकिएको छैन  । १३ महिनाको बैतडी बसाई सुखद रहेको डिएसपी अधिकारीले बताए ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update