Sagun Khabar
बैतडीमा बुधबार ५ जनाले कोरोना जिते, थप ४जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी-बैतडीमा बुधबार ५ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ५ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ का ३ जना र बझाङको तल्कोट गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । 

अहिले जिल्लामा ६५ जना सक्रिय संक्रमित रहेका छन् । १० स्थानीय तह रहेको बैतडीमा मेलौलीमा बाहेकका ९ स्थानीय तहमा सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा २३ जना, दशरथचन्द नगरपालिकामा १७ जना, सुर्नया गाउँपालिकामा ८ जना र दोगडाकेदार गाउँपालिकामा ७ जना रहेका छन् । 

यसैगरी पञ्चेश्वर गाउँपालिकामा ३ जना, सिगास गाउँपालिकामा २ जना, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा एकजना जिल्ला बाहिरका संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update