Sagun Khabar
बैतडीको एक सामुदायिक वनबाट जथाभावी काठ काटेको आरोप 

बैतडी –बैतडीको एक सामुदायिक वनमा जथाभावी रुख काटेर वन फडानी गरेको आरोप लागेको छ । नेपाल राष्ट्रिय मावि ग्वानीको भवन निर्माणका लागि सुर्नया गाउँपालिका २ स्थित सिद्धनाथ सामुदायिक वनबाट रातीको समयमा जथाभावी रुख काटेको आरोप लागेको हो । सामुदायिक वनको हाताभित्र करीब २ सय रुख काटिएको स्थानीयहरुले आरोप लगाएका छन् । सामुदायिक वन भित्रको काठ काट्दा सामुदायिक वन उपभोक्ता समितिको अनुमति लिएर समितिको कार्ययोजना र विधान अनुसार काठ काट्नुपर्ने भएपनि त्यसो भने गरिएको छैन् । 

सामुदायिक वनको हाताभित्र काठ काटिएको बिषयमा आफूहरुलाई उपभोक्ताहरुबाट गुनासो आएको कति काठ काटेको भन्ने बिषयमा यकिन नभएको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका सचिव मोहनबहादुर बिष्टले बताए । आफूहरुलाई काठ काटेको बिषयमा गुनासो आएपछि निर्माण समितिलाई पत्र काटेको समेत उनले सुनाए । 

Atrya hospital

विद्यालय भवन निर्माणको जिम्मा लिएका डम्मरबहादुर बिष्टले भने आफूहरुले विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर सामुदायिक वन उपभोक्ता समितिमा पत्र पठाएको भएपनि कुुनै सुनुवाई नभएपछि अपुग भएको कुकाठका रुखहरु काटेको बताए । आफूहरुले विद्यालय सार्वजनिक सम्पत्ति भएकाले ६० जति कुकाठका रुख काटेर प्रयोग गरेको उनले बताए । उनले भने ‘हामीले विद्यालय भवन निर्माणका लागि काठ काटेका हौं । तर विद्यालय भवन निर्माण हुन नदिने तत्वले बखेडा झिकेको हो ।’

रातीको समयमा सामुदायिक वनबाट काठ किन ल्याएको हो भन्ने प्रश्नमा आफूहरुलाई काठ उपलब्ध नगराउने भएपछि रातीको समयमा ल्याएको बिष्टले बताए । 

तर यो बिषयमा डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले सामुदायिक वनको संरक्षण, सम्वद्र्धन र उपयोग गर्ने सामुदायिक वन उपभोक्ता समितिमा रहेकाले पहिला समितिले नै यो बिषयमा आवश्यक कारवाही गर्नुपर्ने बताए । सामुदायिक वन उपभोक्ता समितिको निर्णय अटेर गरे मात्रै फाइल सहित डिभिजन वन कार्यालयमा समितिले उजुरी दिनुपर्ने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update