Sagun Khabar
बगेर बेपत्ता भएकी बालिका अझै फेला परिनन् 
Atrya hospital

बैतडी –नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बैतडीकी एक बालिका अझै परेकी छैनन् । जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ बर्षीया नितु विक मंगलबार नुहाउने क्रममा सुर्नया नदीमा बगेर बेपत्ता भएकी हुन् ।

साथीहरुसंगै नदीमा नुहाउन गएकी नितु बगेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

मंगलबार दिउँसो ४ बजेतिर बगेर बेपत्ता भएकी बालिकाको खोजी कार्य जारी रहेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update