Sagun Khabar
बैतडीको पाटन नगरपालिकाद्वारा नीति तथा कार्यक्रम पारित 

बैतडी –बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम नगरसभाबाट पारित गरेको छ । मंगलबार बसेको ११ औं नगरसभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरेको नगर उपप्रमुख सरस्वती कोलीले बताइन् । नगरपालिकाले कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको उनले बताइन् । उनले भनिन् ‘अहिलेको महामारीबाट बच्नका लागि अपनाउन सकिने उपायका बिषयमा नीति तथा कार्यक्रम केन्द्रित रहेको छ ।’

यस्तै कृषि, शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समेटिएको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । उनले भने ‘आगामी आर्थिक बर्षमा कृषि मार्फत युवाहरुलाई स्वरोजगार बनाउने किसिमको नीति रहेको छ । यसका लागि सबैसंग सहकार्य गर्ने नीति अख्तियार गरेका छौं ।’

Atrya hospital

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवाहरुलाई स्वरोजगार बनाउन अनुदान दिइने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई थप प्रोत्साहन भत्ता दिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै नगर स्वयं सेवक शिक्षकहरुलाई नगरपालिकाका तर्फबाट थप प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको प्रवक्ता भण्डारीले बताए । 

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आगामी आर्थिक बर्षमा प्रभावकारी रुपमा सञ्चालन गर्ने र त्यसका लागि नगरपालिकाको साझेदारी कार्यक्रमको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६१ करोड २३ लाख ५० हजार बराबरको बजेट नगरसभामा पेश गरेको नगर प्रवक्ता भण्डारीले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०९:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update