1677299465.jpg)
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएअरको एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली लागिएको हो ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पौडेलका अनुसार पौडेलको नयाँदिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि हिजो बेलुका त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।
यस अघि पनि स्वास्थ्यमा समस्या देखिएपछि गएको चैत १८ गते अस्पताल भर्ना भएका उहाँ चैत २२ गते डिस्चार्ज हुनु भएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिए पछि उहाँलाई हिजो अस्पताल लगिएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १३:२१
प्रतिक्रिया दिनुहोस्