Sagun Khabar
बैतडीको मेलौलीमा कोरोनाका सक्रिय संक्रमित शुन्य 
Atrya hospital

बैतडी –कोरोनाको दोश्रो लहर फैलिएपछि बैतडीको मेलौली नगरपालिकामा पहिलो पटक सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । नगरपालिकामा रहेका सक्रिय संक्रमितहरु मध्ये १२४ जनाले कोरोना जितेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । उनले भने ‘कोरोनाको दोश्रो लहर शुरु भएपछि मंगलबार सक्रिय संक्रमितको संख्या शुन्यमा पुगेको छ । हामीले अझै पनि नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन भनेका छौं ।’

कोरोनाको दोश्रो लहर फैलिएपछि नगरपालिका भित्रका १२६ जनामा कोरोना पुष्टि भएको र २ जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । 

मंगलबार नगरपालिकाका ६ जनाले कोरोना जितेपछि तत्कालका लागि नगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या शुन्य भएको हो । अहिले जिल्लामा ६५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाकै कारण जिल्लाभरी १८ जनाको मृत्यु भईसकेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update