Sagun Khabar
सुदूरपश्चिममा मंगलबार १६० जनाले कोरोना जिते, २ जनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार १६० जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १६० जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट दुईजनाको मृत्यु भएको छ । बैतडी र कैलालीका एक÷एक जना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८१९ जनाको नमूना परीक्षण गर्दा थप ८० जनामा संक्रमण पुष्टि भएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update