Sagun Khabar
बैतडीमा मंगलबार १८ जनाले कोरोना जिते, थप १६ जनामा संक्रमण पुष्टि 

बैतडी –बैतडीमा मंगलबार १८ जनाले कोरोना जितेका छन् । जिल्लाको मेलौली नगरपालिकाका ६ जना, दोगडाकेदार गाउँपालिकाका ५ जना, दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २ जना र शिवनाथ गाउँपालिकाका १ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै आज थप १६ जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका १२ जना, दशरथचन्द नगरपालिकाका २ जना, दोगाडकेदार गाउँपालिका र सिगास गाउँपालिकाका थप एक ÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सिआइसीटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन् । 

Atrya hospital

जिल्लामा अहिले ६५ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा २३ जना, दशरथचन्द नगरपालिकामा १७ जना, सुर्नया गाउँपालिकामा १२ जना र दोगडाकेदार गाउँपालिकामा ७ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ४ जना, सिगास गाउँपालिकामा २ जना, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update