Sagun Khabar
बैतडी : दशरथचन्दको निती तथा कार्यक्रम र बजेट पारित 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट नगरसभाबाट पारित गरेको छ । मंगलबार बसेको नगरसभाले निती तथा कार्यक्रम र बजेट पास गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले जानकारी दिए । 

नगरसभामा निती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना चन्दले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि ७२ करोड ६१ लाख २२ हजार ३८ रुपैंया बराबरको बजेट सार्वजनिक गरिन् । नगरपालिकाले आगामी आर्थिक बर्षमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताइन् । 

Atrya hospital

विदेशबाट फर्किएका नागरिकलाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि झुलाघाटको हेल्प डेस्कलाई व्यवस्थित बनाइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कोरोना भाईरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई सहुलियत बीमा र थप सुविधा दिई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ । 

यसैगरी नगर उपप्रमुख मातृ शिशु सुरक्षा योजनालाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै शिक्षा क्षेत्रमा विद्यालय मर्ज कार्यक्रमलाई प्राथमिकता दिने, स्थानीय पाठ्यक्रम तयार पार्ने, कम्तीमा एक वडालाई बालमैत्री वडा घोषणा गर्ने कुरा नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै भौतिक पूर्वाधार तर्फ नगर सडक यातायात गुरु योजना तयार पार्ने, विद्युत नपुगेका वडाहरु विद्युतीकरण गर्ने नगरपालिकाले निती तथा कार्यक्रममा उल्लेख गरेको छ । यसैगरी कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि कृषि उपकरण तथा औजार खरीदमा अनुदान दिइने, कृषि तथा पशुपकेट क्षेत्रमा महिला किसानहरुको सहभागिता बढाइने कुरा नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यसैगरी सबै नगरबासीका खानेपानीमा पहुँच पुर्याई सुरक्षित पानीयुक्त समुदाय घोषणा गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी धार्मिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्ने, लक्षित समुदायका लागि विभिन्न खालका कार्यक्रम सञ्चालन  गर्ने कुरा नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update