Sagun Khabar
बैतडीको मेलौलीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता  
Atrya hospital

बैतडी –बैतडीको मेलौली नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याएको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराएको नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिइन् । 

नगरपालिका भित्रका ७० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराईएको हो । नगरपालिकाभित्र कोरोना जोखिम न्यूनीकरणका लागि रातदिन खटेको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई भत्ता उपलब्ध गराईएको हो । 

कोरोना महामारीको समयमा पनि आधारभूत स्वास्थ्य सेवा प्रदानमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०९:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update