Sagun Khabar
बैतडीमा कोरोनाबाट एक वृद्धको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा कोरोनाबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला अस्पातल बैतडीमा उपचारत दशरथचन्द नगरपालिका वडा नं ५ का ८२ बर्षीय वृद्धको मंगलबार बिहान ४ बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । 

जिल्ला अस्पतालमा अहिले कोरोनाका बिरामीको संख्या शुन्य भएको सूचना अधिकारी पन्तले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update