Sagun Khabar
सुदूरपश्चिममा सोमबार ६१ जनाले कोरोना जिते, एकजनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार ६१ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ६१ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट एकजनाको मृत्यु भएको छ । कैलालीका एकजनाको कोरोनाबाट मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७७७ जनाको नमूना परीक्षण गर्दा थप ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update