Sagun Khabar
बैतडीमा प्रहरीद्वारा वृक्षारोपण अभियान शुरु 
Atrya hospital

बैतडी –जिल्ला प्रहरी कार्यालयले बैतडीमा वृक्षरोपण अभियान शुरु गरेको छ । विभागीय निती अनुसार जिल्लामा वृक्षारोपण अभियान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

सोही अभियान अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालयका परिसरमा विभिन्न फलफूल र जडीबुटीका करीब डेढ सय बिरुवा रोपण गरेको उनले बताए । कागती,सुन्तला, जुनार, ओखर, लप्सी लगायतका बिरुवा रोपेको उनले बताए । उनले भने ‘हामीले जिल्ला प्रहरी कार्यालयका परिसरमा आज वृक्षारोपण गरेका छौं । जिल्लाभरी यो अभियान सञ्चालन गरिरहेका छौं ।’

जिल्लाका प्रत्येक प्रहरी युनिटमा वृक्षारोपणका लागि आग्रह गरिएको प्रवक्ता खड्काले बताए । प्रहरीलाई कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो । 
 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update