Sagun Khabar
बैतडीमा सोमबार १६ जनाले कोरोना जिते, थप एकजनामा संक्रमण पुष्टि 

बैतडी –बैतडीमा आज १६ जनाले कोरोना जितेका छन् । जिल्लाको मेलौली नगरपालिकाका ९ जना र पुर्चौंडी नगरपालिकाका ७ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै ८६ जनाको एन्टीजेन परीक्षण गर्दा थप एकजनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो ।

अहिले जिल्लामा दैनिक संक्रमणदर घट्दै गएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । जिल्लामा अहिले ६८ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताइन् ।

Atrya hospital

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १७ जना, सुर्नया गाउँपालिकामा १४ जना, दोगडाकेदार गाउँपालिकामा ११ जना, पाटन नगरपालिकामा ११ जना, र मेलौली नगरपालिकामा ६ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ४ जना, शिवनाथ गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update