
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् ।
पेटमा समस्या भएपछि उनी हिजो बेलुका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।
अस्पतालले राष्ट्रपति पौडेल पेटमा समस्या भएपछि उपचारार्थ अस्पताल भर्ना भएका र अहिले डाक्टरको निगरानीमा रहेका जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ ०९:४५
प्रतिक्रिया दिनुहोस्