Sagun Khabar
बैतडीमा डेढ लाख बिरुवा निशुल्क वितरण गरिँदै 

बैतडी –डिभिजन वन कार्यालय बैतडीले यो वर्ष १ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्ने तयारी गरेको छ । जिल्लाका विभिन्न पाँच स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरिएका जडीबुटी र फलफूलका बिरुवा वितरण गर्न लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिए । 

डिभिजन वन कार्यालयको नर्सरी, सव डिभिजन वन कार्यालय गोकुलेश्वर, सव डिभिजन वन कार्यालय पाटन, सव डिभिजन वन कार्यालय हाट र सव डिभिजन वन कार्यालय सिगासबाट बिरुवा वितरा गरिने उनले बताए । उनले भने ‘हामीले डिभिजन वन कार्यालयको नर्सरी र मातहतका सव डिभिजन वन कार्यालयका नर्सरीबाट किसानहरुलाई निशुल्क बिरुवा वितरणको तयारी गरेका छौं । केही ठाउँबाट हामीले बिरुवा वितरणको काम पनि शुरु गरिसकेका छौं ।’

Atrya hospital

जडीबुटी र फलफूलका गरी १० प्रजातिका बिरुवा उत्पादन गरिएका डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले बताए । दाँते ओखर, तेजपत्ता,लप्सी, बाँस,अमला,रिठ्ठा, कल्की फूल, धुपी सल्ला लगायतका बिरुवा वितरण गरिने उनले बताए । उनले भने ‘जडीबुटी र फलफूलबाट किसानहरुलाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य रहेको छ । सोही अनुसार हामीले गत बर्षदेखि बिरुवा वितरण गर्दै आईरहेका छौं ।’

गोकुलेश्वरबाट विरुवा वितरणको काम शुरु भईसकेको छ भने अन्य ठाउँबाट पनि बिरुवा वितरण कार्य शुरु गर्ने तयारी भएको पराजुलीले बताए ।

किसानको आयआर्जनमा वृद्धि ल्याउनुका साथै वातावरणीय अवस्थामा सुधार ल्याउनका लागि वन कार्यालयले हरेक वर्ष निशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्दै आएको डिभिजन वन कार्यालयले जनाएको छ । 

गत वर्ष पनि  डिभिजन वन कार्यालयले ७० हजार बिरुवा उत्पादन गरेर वितरण गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update