
विराटनगर – विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १८ जना घाइते भएका छन् । विराटनगरको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १८ जना घाइते भएका हुन् ।
आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप हुँदा नेपाल प्रहरकिा ६ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । सशस्त्रको ४ जना घाइते भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यता, आन्दलोनकारी तर्फ ९ जना घाइते भएका छन् । झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।