
कपिलवस्तुमा आफ्नै बुबाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । बुद्धभूमि नगरपालिका-१, बाबाकुटीका ५५ वर्षीय नारायण केसीको हत्या आरोपमा २३ वर्षीय जीवन केसी पक्राउ परेका हुन् । पक्राउ परेका जीवन नारायणका छोरा हुन् ।
दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ । चिर्पट प्रहारबट नारायणको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १७:३०
प्रतिक्रिया दिनुहोस्