Sagun Khabar
काठमाण्डौंमा अध्ययनरत सुदूरपश्चिमका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग 

बैतडी – अध्ययनको सिलसिलामा काठमाण्डौंमा रहेका सुदूरपश्चिमका विद्यार्थीहरुलाई आइतबार खाद्यान्न वितरण गरिएको छ । जारी लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।

अध्ययनको सिलसिलामा काठमाण्डौंमा सुदुर–पश्चिमका विद्यार्थीहरुलाई नेविसंघका नेता रिजन मडैको पहलमा राहत वितरण गरिएको हो । कीर्तिपुर नगरपालिका वार्ड–४ अध्यक्ष राजेन्द्र बानियाको सहयोगमा राहत वितरण गरिएको विद्यार्थी नेता विद्यार्थी नेता किशोर बोहराले बताए  ।

विद्यार्थीहरुले बसेकै ठाँउमा गएर गाह्रो परेकालाई सहयोग गर्न पाउँदा खुसी लागेको वार्ड अध्यक्ष राजेन्द्र बानियाले बताए  ।खाद्यान्न बितरण कार्यको सहजीकरण संगै यातायातको व्यवस्थापन रेडक्रस उप शाखा कीर्तिपुरका सभापति सन्जिब बस्नेतले गरेका हुन् । विद्यार्थीहरुलाई चामल, तेल, नुन लगायतका खाद्य सामग्री वितरण गरिएको हो । 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update