
काठमाण्डौ – वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन् ।
लामो समयसम्म रेडियो नेपालमा काम गरेकी उनको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । उनको आज दाहसंस्कार गरिने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ ०७:३८
प्रतिक्रिया दिनुहोस्