Sagun Khabar
बैतडीमा सक्रिय संक्रमितको संख्या एकसय भन्दा तल झर्यो, आज ३५ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या एकसय भन्दा तल झरेको छ । आइतबार ३५ जनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमित संख्या ८३ पुगेको छ । सुर्नया गाउँपालिकाका ३५ जना र पाटन नगरपालिकाका ७ जना आज संक्रमणमुक्त भएका हुन् । 

जिल्लामा आज संक्रमण हुनेको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । १५० जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सिआइसीटी सहजकर्ता बिनिता चौधरीले बताइन् । 

Atrya hospital

जिल्लामा सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १७ जना, मेलौली नगरपालिकामा १५ जना, सुर्नया गाउँपालिकामा १४ जना, दोगडाकेदार गाउँपालिकामा ११ जना र पाटन नगरपालिकामा १० जना रहेका छन् । 

यस्तै पुर्चौंडी नगरपालिकामा ८ जना, पञ्चेश्वर गाउँपालिकामा ४ जना, शिवनाथ गाउँपालिकामा २ जना, सिगास र शिवनाथ गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update