Sagun Khabar
बैतडीको एक विद्यालयमा पहिरोले क्षति पुर्यायो
फाइल फोटो
Atrya hospital

 बैतडी –लगातारको बर्षाले खसेको पहिरोका कारण बैतडीको एक विद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं १ स्थित गडदेव आधारभूत विद्यालयको ५ कोठे भवनमा क्षति पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विद्यालय माथिबाट खसेको पहिरोका कारण विद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

यस्तै पञ्चेश्वर गाउँपालिका वडा नं १ धामकुडीका जमनसिंह धामीको २० रोपनी जमीन पहिरोले बगाएको उनले बताए । उनले भने ‘लगातारको बर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो खसेको जानकारी आईरहेको छ । पहिरोले विभिन्न ठाउँमा क्षति समेत पुर्याएको छ ।’
 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update