Sagun Khabar
महाकालीमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह 

बैतडी –महाकाली नदीमा आज पनि पानीको बहाव सतर्कताको तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाकाली नदी र यसका सहायक नदीमा पानीको बहाव बढेर खतराको तह पार गर्न सक्ने महाशाखाले जनाएको छ । 

महाकालीमा लगातार पानीको सतह बढीरहेकाले बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बैतडी सहित दार्चुला, डडेल्धुरा र कञ्चनपुरका महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको हो । 

Atrya hospital

लगातारको बर्षा अझै पनि नरोकिएकाले महाकाली नदी छेउछाउमा नजान जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । 

नदी तटीय क्षेत्रमा जुनसुकै बेला पनि बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।  
 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १०:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update