Sagun Khabar
ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

काठमाण्डौ - ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४७ जानको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको हो । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेमा ब्राजिल दोस्रो देश हो ।

अमेरिकामा ६ लाख १७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । खोप कार्यक्रम ढिला भएमा र प्रतिबन्धहरु नलगाइएमा जाडोयामको सुरुवातमा ब्राजिलको अवस्था थप सङ्कटपूर्ण हुने विज्ञहरुले चेतावनी दिएका बीबीसीले जनाएको छ । ब्राजिलमा बढीमा १५ प्रतिशत वयस्कहरुले मात्र खोप लगाएका छन् ।

Atrya hospital

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले प्रतिबन्धहरुमा कडाइ गर्न अस्वीकार गर्दै आउनुभएको छ । विपक्षीहरुले राष्ट्रपतिले महामारी नियन्त्रणका लागि पहल नगरेको, खोप खरिदमा बेवास्ता गरेको जस्ता कारणले महामारी झनै गम्भीर बन्दै गरेको आरोप लगाएका छन् । ब्राजिलमा अहिलेसम्म एक करोड ७८ लाख ८३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३८ लाख ७४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ६ सय ७८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update