Sagun Khabar
सुदूरपश्चिममा शनिबार ८८ जनाले कोरोना जिते, एक जनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार ८८ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ८८ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । कैलालीका एकजना संक्रमितको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८७९ जनाको नमूना परीक्षण गर्दा थप २७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update