Sagun Khabar
पहिरोका कारण अवरुद्ध महाकाली लोकमार्ग सुचारु

बैतडी –पहिरोका कारण अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ । लगातारको बर्षाका कारण सो लोकमार्गको सतबाँझ गोकुलेश्वर सडक खण्ड अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा पहिरो गएपछि दिउँसो केहीबेर सडक अवरुद्ध भएको थियो । 

सडकमा खसेको पहिरो पन्छ्याएपछि अहिले सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए  । शनिबार दिउँसो ४ बजेतिर सडकमाथिबाट ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो । 

Atrya hospital

सतबाँझ प्रहरीचौकीको समन्वयमा डोजर लगाएर पहिरो पन्छ्याएपछि सडक सुचारु भएको सतबाँझ प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक उपेन्द्र तिमिल्सिनाले जानकारी दिए । तर उक्त ठाउँमा अझै पनि पहिरोको जोखिम भने कायमै रहेको उनले बताए । 

सडक सुचारु भएसंगै दार्चुला जाने गाडीहरु दार्चुलातिर लागेका छन् भने दार्चुलाबाट आउने गाडीहरु पनि गन्तव्य तर्फ लागेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update