Sagun Khabar
बैतडीमा शनिबार १५ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा आज १५ जनाले कोरोना जितेका छन् । जिल्लाको दशरथचन्द नगरपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ५ जना र मेलौली नगरपालिका ३ जनाले कोरोना जितेका छन् । यस्तै बैतडीमै संक्रमण पुष्टि भएका रुकुम पश्चिमका एकजनाले पनि कोरोना जितेको स्वास्थ्य कार्यालयका सिआइसीटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन् ।

यस्तै आज थप एकजनामा मात्रै कोरोना पुष्टि भएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका थप एकजनामा संक्रमण पुष्टि भएको हो । 

Atrya hospital

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ११८ रहेको छ । सक्रिय संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ४२ जना, दशरथचन्द नगरपालिकामा १७ जना, पाटन नगरपालिकामा १७ जना, मेलौली नगरपालिकामा १५ जना र दोगडाकेदार गाउँपालिकामा ११ जना रहेका छन् । 

यस्तै पुर्चौडी नगरपालिकामा ८ जना, पञ्चेश्वर गाउँपालिकामा ४ जना, शिवनाथ गाउँपालिकामा २ जना, सिगास गाउँपालिकामा १ जना र डिलाशैनी गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् ।  
 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update