Sagun Khabar
नेविसंघ बैतडीले काठमाण्डौंमा विद्यार्थीहरुलाई राहत वितरण गर्यो 
Atrya hospital

बैतडी –नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बैतडीले काठमाण्डौंमा विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । बैतडी घर भई काठमाण्डौंमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई राहत वितरण गरेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले जानकारी दिए । 

जारी लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुलाई १५ केजी चामल, १ लिटर तेल, २ केजी दाल र १ केजी नुन वितरण गरिएको हो । 

समस्यामा परेका विद्यार्थीहरुलाई राहत वितरणका लागि नेपाल विद्यार्थी संघ बैतडीका सदस्य नरेश बिष्टले सहजीकरण गरेको अध्यक्ष केसीले बताए ।  समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग पुर्याउन शनिबार राहत वितरण गरिएको नेपाल विद्यार्थी संघ बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update