Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ५ की २४ बर्षीया सुनिता पेलाको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

शनिबार बिहान घर नजिकैको खरबारीमा घाँस काट्न गएकी पेला ११ बजेतिर भीरबाट लडेर घाइते भएकी  र उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update