Sagun Khabar
बैतडीमा चितुवा प्रभावित क्षेत्रका नागरिकलाई सोलार वितरण 

बैतडी –बैतडीमा चितुवा प्रभावित क्षेत्रका नागरिकलाई सोलार वितरण गरिएको छ । मेलौली नगरपालिका वडा नं ८ र ९ का ४० घरपरिवारलाई सोलार सेट वितरण गरिएको नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिइन् । 

चितुवा प्रभावित क्षेत्रका नागरिकलाई उज्यालोको लागि सोलार वितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । नगरपालिकाको सिफारिशमा विद्युत नपुगेका प्रभावित क्षेत्रका नागरिकलाई सोलार वितरण गरिएको उनले बताए । उनले भने ‘प्रभावित क्षेत्रका नागरिकलाई चितुवाको आक्रमणबाट बचाउनका लागि हामीले सोलार वितरण गरेका हौं । अध्याँरोका कारण पनि चितुवाको आक्रमण भएको पाइएकाले हामीले सोलार वितरण गरेका हौं ।’

Atrya hospital

रातीको समयमा चितुवा सक्रिय हुने भएकाले स्थानीयहरुलाई उज्यालो होस भनेर सोलार वितरण गरिएको पराजुलीले बताए । 

गत बर्ष सो क्षेत्रमा चितुवाको आक्रमणबाट एकजनाको ज्यान समेत गएको थियो । चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई यसअघि नै दशलाख क्षतिपूर्ती उपलब्ध गराईसकेको डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले बताए । 

तल्लोसोराड क्षेत्रका अन्य पालिकाका प्रभावित क्षेत्रका नागरिकलाई यसअघि ३ सय सेट सोलार वितरण गरिसकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

बैतडीको तल्लोसोराड क्षेत्रमा २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update