Sagun Khabar
बैतडीको पञ्चेश्वरमा पहिरोले ७  घरपरिवार विस्थापित 
फोटो : पहिरोका कारण घर जोखिममा परेपछि विस्थापित परिवार नजिकैको विद्यालयमा जाँदै, तस्बिर : सौजन्य दशरथ मंगोला 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं २ को गैरटोलमा पहिरो खस्दा ७  परिवार विस्थापित भएका छन् । लगातारको बर्षाका कारण घरमाथिबाट शनिबार बिहान पहिरो खस्दा स्थानीय कृष्णराम औजीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको पञ्चेश्वर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष दशरथ मंगोलाले बताए । 

बस्तीमाथिबाटै पहिरो खसेपछि जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका उनले बताए । विस्थापित भएका परिवारलाई अहिले देवथला माविको भवनमा राखिएको वडा अध्यक्ष मंगोलाले बताए । उनले भने ‘केही समय ढिला पुगेको भएपनि मानवीय क्षति हुने थियो । गाउँलेहरु समयमै पुग्दा उद्धार गर्न भ्यायौं ।’

Atrya hospital

जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा उनीहरुलाई जोखिमयुक्त ठाउँबाट सार्न सकिएको बताइएको छ । बस्तीमाथिबाट काटिएको सडककै कारण पहिरो खसेको अनुमान गरिएको छ । 

लगातारको बर्षाले सडकमा भएको माटो बगेको र त्यसैले बस्तीमाथिबाट पहिरो खसेको जनाइएको छ । विस्थापित परिवारका गाईवस्तुहरुलाई छिमेकीको घरमा व्यवस्थापन गरिएको वडा अध्यक्ष मंगोलाले बताए । 

 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update