Sagun Khabar
बैतडीमा पहिरोले कैलापाल माविको भवनमा क्षति 
फोटो पहिरोले क्षति पुर्याएको कैलापाल मावि झाड्बोको भवन, तस्बिर सुरेश महरा 

बैतडी –लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ को कैलपाल मावि झाड्बोको भवनमा क्षति पुर्याएको छ । विद्यालय भवनको माथिपट्टीबाट शुक्रबार राती खसेको पहिरोले विद्यालयको तीन कोठे भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महराले जानकारी दिए । 

करीब ६ बर्ष पहिला ८ लाखको लागतमा निर्माण भएको सो भवनमा पहिरोले क्षति पुर्याएपछि पठनपाठनका लागि समस्या हुने उनले बताए । उनले भने ‘विद्यालय भवनको छाना भत्किएको छ । कोठाभित्रै पुरै पानी पसेको छ । हामीलाई अब पठनपाठनका लागि समेत समस्या भएको छ ।’

Atrya hospital

पहिरोले विद्यालय भवनको छानो भत्किएको छ भने कोठाभित्र पानी पसेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको पढाई हुने भवनमा क्षति पुगेपछि तत्कालै समस्या भएको उनले बताए । 

 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update