Sagun Khabar
होली खेली मन्दिर पुनःनिर्माण र पीडितलाई सहयोग  

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं. ६ मा मन्दिरको पुनः निमार्ण गर्न हाली खेलीएको छ । जिर्ण अवस्थामा रहेको शिव मन्दिरको पुनः निर्माणका लागी आर्थीक सहयोग संकलन गर्ने उदेश्यले होली खेलिएको हो । 

शिव मन्दिरकै नाम बाट साबिकको शंकरपुर गा.बि.स., वडा नंं. ६ मा रहेको शंकर संस्कृत उच्च माविको नामाकरण सम्म भएको मन्दिरलाई पुनःनिर्माण गर्न र सामाजिक सत्भावको पर्व होलीको संरक्षण र सम्र्बद्धन गर्न पनि होली खेलिएको आयोजक समितिले जनाएको छ । 

Atrya hospital

सामाजमा सत्भाव कायम राख्ने, असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।

विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने र होली समितिले उठाएको रकम अनावश्यक रुपमा खर्च नगरि सामाजिक सेवामा लगाउने नेपाल बुद्धिजिवि परिषद बैतडीका अध्यक्ष पदम अवस्थीले बताए । 

२१ र २२ गते दुई दिन शिव मन्दिर समितिले आयोजना गरेको होलीमा ३८ हजार संकलन गरेको जनाईएको छ । 

संकलन भएको रकम मध्ये ३५ हजार मन्दिर निमार्णमा र ३ हजार बैतडीको सुर्नया गाउँपालिका ४ की क्यान्सर पीडित मञ्जु भट्टलाई सहयोग गर्ने अवस्थीले बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update