Sagun Khabar
दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन नसकिने :नागरिक उन्मुक्तिकी अध्यक्ष  श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीले मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता मागेको छ। सुदूरपश्चिम प्रदेशमा  मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला नागरिक उन्मुक्तिले लिखित प्रतिबद्धता मागेको हो।

‘ ८ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध नागरिक उन्मुक्तिले दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन नसकिने  नागरिक उन्मुक्तिकी अध्यक्ष  रञ्जिता श्रेष्ठले  सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारि गराएकी छन् ।  अहिलेको सरकारलाई विश्वासको मत दिने समझदारीमा भएपनि मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता जनाउनुपर्ने बताएकी हुन् 

२६ माघमा एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई सोही दिन प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। राष्ट्रतिको निर्वाचनलाई लिएर समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनमा सामेल छ। 

 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update