Sagun Khabar
कहिँ नभएको जात्रा बैतडीको पाटन नगरपालिकामा

बैतडीको पाटन नगरपालिकामा जनप्रतिनिधि बिच आरोप प्रत्यारोप चलिरहेको छ । कहिँ नभएको जात्रा हाँडीगाँउमा भनेझै पाटन नगरपलिका यतिबेला आलोचना माथी आलोचना खेपिरहेको छ ।

२ दिन यता गरीब परिवार पहिचानमा  हुनेखाने बर्ग समेटिएको भनि सामाजिक सञ्जालमा तिब्र आलोचना खेपिरहेको पाटन नगरपालिका हिजो देखी प्रमुख प्रशासकीय अधिकृत फेरबदल नगर्ने बिषयले चर्चा पाएको छ ।   

बैतडीको पाटन नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत फेरबदल नगर्न मन्त्रालयलाई पत्र पठाएको छ । नगरपालिकाले शुक्रबार मन्त्रालयलाई पत्र पठाउदै  जिम्मेवारीमा रहेका लक्ष्मीदत्त भट्टलाई नै निरन्तरता दिन भनेको हो ।

Atrya hospital

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहीँ फागुन १७ गते पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उप–सचिव ओम प्रसाद  पाण्डेयलाई खटाउने निर्णय गरेको थियो । नगरपालिकाले भने चालु आर्थिक बर्षमा सम्पन्न गर्नुपर्ने कामकाज ,योजना,कार्यक्रम एवं अन्य काममा समेत अनुभव भैसकेकोले पुरानै प्रमुख प्रशासकीय अधिकृत भट्टलाई नै निरन्तरता दिन भन्दै पत्र पठाएको छ । 

तर अचम्मको कुरा के भने नगरपालिकाको लेटरहेडमा मेयरको दस्तखत सहित मन्त्रालयलाई पत्र पठाएको भएपनि उपमेयरले भने आफु यस बिषयमा बेखबर रहेको र पाटनले ६ बर्ष पछी हैसियत अनुसारको प्रशासक पाउन लागेकोले यो बिषयमा षड्यन्त्र नगर्न भनी प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा आम नागरिकले गलत निर्णय गरेको भन्दै चर्को विरोध गरिरहेका छन् ।

Api1677906151.PNG

यता गरीब परिवार पहिचानमा वास्तविक गरीब नभएर रोजगार भएका, व्यावसाय गर्दै आएका, विद्यालयमा कार्यरत  भएकाहरु, निर्वतमान जनप्रतिनिधिहरूको नाम गरीबीको सुचिमा रहेको भनि वर्तमान वडा अध्यक्ष र निर्वतमान अध्यक्षहरुमा सामाजिक सञ्जालमा दाहोरी चलिरहेको छ ।

यो हेर्नुहोस्.....

P1677906057.jpg

Pream1677905861.PNGK,L1677905859.PNG

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update