Sagun Khabar
पाटन नगरपालिकामा प्रशासकीय अधिकृत फेरबदल नगर्न मन्त्रालयलाई पत्र

बैतडी - बैतडीको पाटन नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत फेरबदल नगर्न मन्त्रालयलाई पत्र पठाएको छ ।

नगरपालिकाले शुक्रबार (आज) मन्त्रालयलाई पत्र पठाउदै जिम्मेवारीमा रहेका लक्ष्मीदत्त भट्टलाई नै निरन्तरता दिन भनेको हो ।

Atrya hospital

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि फागुन १७ गते पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओम प्रसाद पाण्डेयलाई खटाउने निर्णय गरेको थियो ।

नगरपालिकाले भने चालु आर्थिक बर्षमा सम्पन्न गर्नुपर्ने कामकाज योजना,कार्यक्रम एवं अन्य काममा समेत अनुभव भैसकेकोले पुरानै प्रमुख प्रशासकीय अधिकृत भट्टलाई नै निरन्तरता दिन भन्दै पत्र पठाएको छ ।

नयाँ कार्यालय प्रमुखको रुपमा आउन लाग्नु भएका उपसचिव पाण्डेसँग समन्वय गरेर पुरानै हाकिमलाई निरन्तरता दिन पत्र पठाएको नगर प्रमुख गौरी सिंह रावलले बताए ।

यस बिषयमा उप प्रमुख कमल सिंह बोहराले फरक मत राखेका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन ,कस्को कोसंग के स्वार्थ मिल्छ थाहा भएन ६ बर्षपछि पाटनले हैसियत अनुसारको प्रशासक पाउने कुरामा षड्यन्त्र नहोस ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update