Sagun Khabar
पाटनमा गरीब परिवारको सुचिमा निर्वतमान जनप्रतिनिधि,व्यवसायीः चौतर्फी आलोचना  

बैतडीको पाटन नगरपालिकामा गरीब परिवारको सुचीमा निवर्तमान जनप्रतिनिधि,व्यवसायी लगायतका व्यक्ति अटाएको भन्दै समाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ ।

बिहिबार नगरपालिकाले गरीब परिवार पहिचान भएकाहरु विरुद्ध उजुरी गर्न आह्वान गरेको प्रारम्भीक सुचिमा वास्तविक गरीब नभएर जागिर भएका, व्यावसाय गर्दै आएका, विद्यालयमा जागिर भएकाहरुको नाम गरीबीको सुचिमा रहेको भन्दै चर्को आलोचना भईरहेको हो । 

Atrya hospital

नगरपालिकाले प्रारम्भीक तथ्याङ्कको सुचि सार्वजनिक गर्दै चैत्र २ गतेसम्म प्रारम्भीक सुचीमा नामावली भएका गरीब परिवारको सुचि उपर उजुरी गर्न सक्ने जनाएको छ ।

प्रारम्भीक सुचिमा वास्तविक गरिब छुट्न गएमा १८ बर्ष पुरा गरेका जुनसुकै व्यक्ति र वास्तविक गरिब नभइ अन्य व्यक्ति पर्न गएकामा आधार र कारण खोली जुनसुकै व्यक्तिले पनि नगरपालिकाको गुनासो समन्वय समितिमा उजुरी गर्न सक्ने पाटन नगरपालिकाका नि. प्रमुख प्रशासखिय अधिकृत राजेन्द्र प्रशाद भट्टले जानकारि दिए । 

आ.व. ०७७÷०७८ मा ६ जना गणक र १ जना सुपरिवेक्षक गरि ७ जनाले पाटन नगरपालिका भरिका  ५ हजार ५ सय ३३ जनाको तथ्याङ्क भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पठाएको थियो । उक्त तथ्याङ्क अनुसार गरीब परिवारको प्रारम्भिक सुची वडा कार्यालय तथा नगरपालिकामा प्रकाशन गरिएको छ । 

नगरपालिकाले भने यो प्रारम्भीक तथ्याङ्क आएको र अब वडा स्तरीय र नगर स्तरीय गुनासो समन्वय समितिले छानविन गर्ने र छानविन गरि कार्यापालिकाको निर्णय पछि मात्रै मात्रालयमा पठाइने जनाएको छ । उक्त तथ्याङ्कमा ८९३ अति गरीबको रेखामुनि, ८६१ मध्यम वर्गीय गरीब र ५३७ जना सामान्य गरीब गरि जम्मा २ हजार २ सय ९१ जना अटाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update