Sagun Khabar
बझाङमा नवजात शिशुको शव फेला
सांकेतिक तस्विर

बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरमा नवजात शिशुको शव फेला परेको छ।

जयपृथ्वी नगरपालिका–१० बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। शिशुको शव फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update