Sagun Khabar
यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा

आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याेसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ ।

नेपालले दिएकाे १ सय ९२ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयाे । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले 'ह्याट्रिक' सहित ५ विकेट लिए ।

Atrya hospital

यसअघि आजमानमा रहेकाे इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयाे । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए । 

नेपालले पहिलाे खेलमा सिङ्गापुरलाई ९६, दाेस्राे खेलमा कुवेतलाई २ सय ४३, तेस्राे खेलमा हङकङलाई ९ विकेट र चाैथाे खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।

१९ वर्षमुनिकाे विश्व कप सन् २०२४ मा श्रीलङ्का हुँदैछ ।

#उज्यालो 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update