Sagun Khabar
चार वटा केदारको छत्रछाँयामा बैतडी, कसरी रहनगयो बैतडी नाम ?  

बैतडी - बैतडी जिल्लाको वरिपरि पहाडहरूमा चार वटा केदार देवताहरूको देवस्थल छ । ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन् जुन आराध्यदेव महादेवका रूप हुन भन्ने भनाई छ ।

यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाइन्छ । यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ ।

Atrya hospital

देवस्थलहरूमा बैतडी सदरमुकामबाट सहज ढङ्गले यात्रा गर्न सकिन्छ । नेपालको प्रशासनिक विभाजनमा ३५ जिल्ला हुँदा यो जिल्ला डोटी जिल्ला अर्न्तगत पर्दथ्यो पछि ७५ जिल्ला कायम गर्दा डोटी जिल्लावाट छुट्याएर अलग गरी बैतडी जिल्लाको रूपमा स्थापित गरिएको हो। बैतडी अमर सहिद दशरथ चन्दको जन्मथलो हो ।

हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ । बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुदै गई अन्तमा बैतडी नाम रहेको हो“ भन्ने भनाई छ । 

बैतडी जिल्ला सुदूरपञ्शिम प्रदेश (प्रदेश नंं. ७)मा पर्दछ । बैतडीको कुल क्षेत्रफल १,५१९ किमी (५८६ वर्ग माइल) रहेको छ २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या २,४४,४०० रहेको जिल्ला जनगणना कार्यालय बैतडीले जनाएको छ । बैतडी जिल्लाको सदरमुकाम दशरथचन्द नगरपालिकामा पर्दछ । 
स्रोत उइकीपिडिया 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update