Sagun Khabar
बैतडीको मेलौली काँडा बजारमा खानेपानीको चरम समस्या । 

बैतडी- बैतडीको मेलौलि काँडा बजारमा खानेपानिको चरम समस्या रहेको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं. ७ मा रहेको काँडा बजारमा खानेपानीको समस्या रहेको हो ।

तिन पालिकाको मुख्य बजार मानिने मेलौलि काँडा बजारमा बर्सौ देखि खानेपानीको अभाव रहेको छ । सरकारी कार्यालय होटेल व्यवसायी,अस्पताल र स्कुललाई पानीको धेरै समस्या रहेको मणिलेक नमुना मा वि मेलौलिका शिक्षक अर्जुन कुवरले बताए ।

Atrya hospital

 मेलौलिमा रहेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा पनी खाने पानीकै अभाव रहेको र पानीकै अभावका कारण बिरामिहरु मारमा पर्ने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीका नि. कार्यालय प्रमुख हिक्मत ब. चन्दले जानकारी दिए । 

दैनिक २०–२५ जना उपचारको लागि आउने र बिरामिलाइ कुनै समय पिउने पानी पनि दिन नसकिने अवस्था रहेको चन्दले बताए । ग्वाल्लेक मणिलेक खानेपानि योजना अन्तर्गत अहिले काँडा बजार गाउँ विद्यालय सवै तिर एउटै ट्याङ्कीको पानी प्रयोग गरिरहेका र एउटै ट्याङ्कीले पानि अभाव रहेको उहाँले बताए ।

नियमित ट्याङ्कीमा पानी नआउने र पानी लिन करिव १ घण्टाको दुरिमा जानु पर्ने भएकोले बिरामिहरुलाई दिने सेवा प्रवाहमा समेत  समस्या भएको जिल्ला आयुर्वेद केन्द्र मेलौली बैतडीका नि.कार्यालय प्रमुख चन्दले बताए । पानीको समस्या लिएर नगरपालिकामा पुग्दा समेत  नगरपालिकाले खासै चासो न देखाएको उहाँले बताए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update