Sagun Khabar
अभिनेता पल शाह थुनामुक्त
Atrya hospital

नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन् ।

उच्च अदालत पोखराबाट हिजो सफाइ पाएपछि शाह आज तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update