काठमाण्डौ – कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाडी प्रहरीले क्रेन लगाएर हटाएको छ ।
आज बिहान ८ बजेअघि नै कार्यालयको आवातजावत रोकिने गरी बेवारिसे अवस्थामा छाडेका ती गाडीलाई प्रहरीले ह्वील लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो ।
यसैबीच पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध पु¥याएको भन्दै नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गरेको छ । महासङ्घले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतङ्क सिर्जना गर्न खोजेको भन्दै सञ्चारगृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ ।
यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेट अगाडि पनि बेवारिसे गाडी भेटिएको छ । बिहान ७ बजे नै छाडेको गाडी थापाको घरबाट मोटरसाइकलसमेत निस्कन नमिल्ने गरी राखिएको छ ।





