Sagun Khabar
‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओलीको असन्तुष्टि
फाइल फोटो

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभइ हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए । 

Atrya hospital

बिहीवार आज आफ्नै जन्मदिनको अवसरमा बालकोटमा रहेको निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट देशमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको जस्तो देखिएको बताए । 

ओलीले भने, ‘अहिलेकै सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो । त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने गरी क्यालेन्डरमा राख्ने दुःखद् निर्णय गर्यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । सरकारले किन त्यो गर्यो ? आकस्मिक रुपमा त्यो किन गर्नु पर्यो ? आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नपर्यो ? जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली नागरिकमा परस्परमा लड्न, लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन ।’
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update